|
 |
|
NAVIGATION |
|
|
|
हाम्रो चन्द्रसूर्य फरफराइरहनेछ शानले
By Salokya on Dec 25th - 11:13 PM.
एउटा राम्रो खबर, देशको अव्यवस्था, चिन्तन र सोच नफेरी हाम्रो प्यारो चन्द्रसूर्य झण्डा फेर्ने चाहनेहरु आज पराजित भएका छन्। झण्डा परिवर्तनको बहस माओवादीले चलाएको थियो। सुरुमा आकारै फेर्ने खालका बहस भए पनि पछि माओवादी सहित साना दलहरुले राष्ट्रिय झन्डामा रहेको नीलो रंगको सट्टा हरियो राख्नुपर्ने प्रस्ताव गरेका थिए। तर त्यो प्रस्ताव आज साँझ संवैधानिक समितिमा भएको मतदानमा अल्पमतमा पर्यो।
तर यही निर्णय अन्तिम भने हुनेछैन। समितिले बनाएको मस्यौदा संविधान सभाको बैठकमा राखेपछि छलफल हुनेछ र यो लगायत प्रत्येक धारालाई दुई तिहाई बहुमतले पारित गर्नुपर्नेछ। Continue reading हाम्रो चन्द्रसूर्य फरफराइरहनेछ शानले
दिमाग मै फोहर भएसि यस्तो त हुने नै भो नि
By Salokya on Dec 28th - 1:39 AM.
एक हप्ता भइसक्यो काठमाडौँका सडकमा यस्तो दुर्दशा देख्नुपरेको। अझै कति दिनसम्म देख्नै पर्ने बाध्यता छ। काठमाडौँको समस्या टुरिस्ट बसको झ्यालबाट हेर्नेहरु अहिले तिब्बतको पोताला दरबार अवलोकन गर्न व्यस्त छन्। प्रमुख प्रतिपक्षी नागरिक सर्वोच्चताबाट विदेशी दलालको पर्दाफास गर्ने आन्दोलनमा लागेको छ। जनताका समस्या सुनिदिने कोही छैनन्, उनीहरुलाई परेको मर्का बुझिदिने कोही छैनन्। र त यत्रो थुप्रो फोहरको नजिकैबाट नाक थुनेर चुपचाप हिँड्न बाध्य छन् उनीहरु। रहर थिएन मलाई यस्तो फोहरी फोटो राखेर ब्लगै फोहर देखिने बनाउन। तर बाध्य भइँदो रहेछ।
यस्तो दुर्दशाको स्थिति कसरी आएको भन्नुभएको? दिमागमा फोहर भएकाहरुले निम्त्याएको हो यस्तो स्थिति। Continue reading दिमाग मै फोहर भएसि
|
|
|
|
|
|
 |
|
Nepali video songs |
|
|
|
|
|
 |
|
Time of Qatard |
|
|
|
|
|
 |
|
time fo nepal |
|
|
|
|
|
 |
|
nepali calender |
|
|
|
|
|
 |
|
friends scraps |
|
|
|
Today, there have been 4496 visitors (6393 hits) on this page! |